पोखरामा बलात्कार आरोपमा म्युजिक टिचर पक्राउ

पाेखरा | असार ६, २०८०

पोखरामा बलात्कार आरोपमा म्युजिक टिचर पक्राउ

पोखरा:  पोखरामा १४ वर्षीया नाबालिगलाई होटलमा लगि करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रानीपौवास्थित एक मन्टेश्वरीका २५ वर्षीय म्युजिक टिचर विवेक तामाङ रहेका छन् ।

 

पोखरा महानगरपालिका १० रामबजारकी १४ वर्षीया बालिकालाई लेकसाइडको होटलमा लगी जबरजस्ती करणी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरी सुत्रले बताएको छ ।

 

प्रहरी सुत्रका अनुसार युवकले पीडित नाबालिगलाई ललाई फकाई लेकसाइडको होटलमा लगी करणी गरेका थिए ।

 

त्यसपछि पीडितको परिवारले आफ्नो छोरी हराएको थाहापाएपछि सोधपुछको क्रममा म्युजिक टिचरले प्रलोभनमा पारी होटल पुर्याएर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।

 

पक्राउ परेका लामामाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्तागरी अनुसन्धानका लागि एक साता दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्