पोखरामा बलात्कार आरोपमा म्युजिक टिचर पक्राउ
पाेखरा | असार ६, २०८०
पोखरा: पोखरामा १४ वर्षीया नाबालिगलाई होटलमा लगि करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रानीपौवास्थित एक मन्टेश्वरीका २५ वर्षीय म्युजिक टिचर विवेक तामाङ रहेका छन् ।
पोखरा महानगरपालिका १० रामबजारकी १४ वर्षीया बालिकालाई लेकसाइडको होटलमा लगी जबरजस्ती करणी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरी सुत्रले बताएको छ ।
प्रहरी सुत्रका अनुसार युवकले पीडित नाबालिगलाई ललाई फकाई लेकसाइडको होटलमा लगी करणी गरेका थिए ।
त्यसपछि पीडितको परिवारले आफ्नो छोरी हराएको थाहापाएपछि सोधपुछको क्रममा म्युजिक टिचरले प्रलोभनमा पारी होटल पुर्याएर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।
पक्राउ परेका लामामाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्तागरी अनुसन्धानका लागि एक साता दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

